Sunday, January 28, 2018

Methods of Measuring Job Satisfaction(Customer Survey)

1.Single Global Rating Method
Some organizations use a single global rating of overall job performance to evaluate an employee. While this method would be expedient for the employer and may assist with decision such as paying bonus and allocating performance based pay increases, it is unlikely to provide the employee with any ideas on how to improve their performance.










1.Summation Score Method 

Summation Score Method Identifies key elements in the job and asks for specific feelings about them. ( satisfaction with pay, coworkers, supervision…) • Work itself has the highest correlation with job satisfaction • Pay is not correlated after reaching a comfortable living.
a. Job Description Method(JDI)
b. Minnesota Satisfaction Questionaire(MSQ)
c. Porter Need Satisfaction Questionaire(NSQ)
d. Others


  • Job Diagnostic Survey.
  • Job Satisfaction Index.
  • Job Satisfaction Survey.
  • Job Satisfaction Relative to Expectation

Determinants of job satisfaction


 We now turn to the question: what are related variables determine job satisfaction? An extensive review of the literature indicates that the more important factors conductive to job satisfaction are mentally challenging work, equitable rewards, supportive working conditions, and supportive colleagues. To this list, we’d also add the importance of a good personality- job fit and an individual’s genetic disposition (some people are just inherently upbeat and positive about all things, including their job).


Mentally Challenging work:
Employees tend to prefer jobs that give them opportunities to use their skills and abilities and offer a variety of tasks, freedom and feedback on how well they are doing. These characteristics make are mentally challenging.

Equitable rewards: 
Employees want pay systems and promotion policies that they perceive as being just, unambiguous, and in line with their expectations. When pay is seen as fair based on job demands, individual skill level, and community pay standards, satisfaction is likely to result. Of course, not everyone seeks money.

Supportive working conditions:
 Employees are concerned with their work environment for both personal comport and facilitating doing a good job. Studies demonstrate that employees prefer physical surrounding that are not dangerous or uncomfortable. Temperature, light, noise, and other environmental factors should not be at either extreme—for example having too much heat or too little light.

Supportive colleagues:
 People get more out of work than merely money or tangible achievements. For most employees, work also fills the need for social interaction. Not surprisingly, therefore, having friendly and supportive co-workers leads to increased job satisfaction. The behavior of one’s boss also is a major determent of satisfaction.

What is Job Satisfaction?

1. Contentment (or lack of it) arising out of interplay of employee's positive and negative feelings toward his or her work.

2.The feeling of pleasure and achievement that you experience in yourjob when you know that your work is worth doing, or the degree to which your work gives you this feeling:

3. A measure of how much a person likes his/her work. Job satisfaction encompasses a variety of tangible and intangible aspects, including pay, contentment with coworkers, and how much one likes the work itself. Some companies take various steps to improve job satisfaction in the belief that happy employees make good employees. Job Satisfaction

4.The term job satisfaction refers to an individual’s general attitude towards his/her job. A person with high level of job satisfaction holds positives attitudes towards the job, while a parson who is dissatisfied with his or her job holds negatives attitudes about the job.

Thursday, January 25, 2018

यस्तो छ, मुलुककोे वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पाँच महिनाको तथ्यांक)

यस्तो छ, मुलुककोे वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पाँच महिनाको तथ्यांक) Credit: Banking Khabar.com


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ ।  
आर्थिक परिदृश्य 
१. उपलब्ध तथ्याङ्कहरुले समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको देखाउँछ । उद्योगको क्षमता उपयोगमा भएको विस्तार, कच्चा पदार्थको आयातमा भएको वृद्धि, पर्यटक आगमनमा सुधार र पुनरनिर्माण कार्यले लिएको गतिले यसलाई प्रतिविम्बित गर्दछ । तथापि कृषि क्षेत्रको वृद्धिले समग्र आर्थिक वृद्धिको आगामी परिदृष्य निर्धारण गर्नेछ । कृषि उत्पादन मुलतः मनसुनमा निर्भर रहदैं आएको छ । कृषि विकास मन्त्रालयको प्रारम्भिक प्रतिवेदन अनुसार पर्याप्त वर्षाका कारण मकैको उत्पादनमा उल्लेख्य वृद्धि भएको छ भने बाढीले भूक्षेत्र कटान गरेका कारण धानको उत्पादनमा केही ह्रास आएको छ । हिउँदे वर्षामा निर्भर रहने हिउँदे वाली उत्पादनको परिदृष्य अझै स्पष्ट भईसकेको छैन । तसर्थ, चालू आर्थिक वर्षको आर्थिक वृद्धिको गति कृषिक्षेत्रको उत्पादनले निर्धारण गर्ने देखिन्छ ।
२. पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीतिमा केही चाप पर्न थालेको छ । हालसालै पेट्रोलियम पदार्थ र निर्माण समाग्रीको मुल्यमा भएको वृद्धिले आगामी दिनमा मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने जोखिम रहेको छ । तथापि, वार्षिक औसत मुद्रास्फीति दर प्रक्षेपित सीमा भित्रै रहनेअपेक्षा छ ।
३. आन्तरिक वित्तीय बजारको अवस्था केही कसिलो रहनुका साथै ब्याजदरमा केही अस्वाभाविक प्रवृत्ति देखिए तापनि समग्र वित्तीय अवस्था सामान्य नै रहेको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा÷निक्षेप तथा पुँजी अनुपात सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्पष्ट अडान र खुला बजार कारोवार तथा ब्याजदर करिडोर मार्फत् सक्रिय रुपले तरलता प्रवाह गरिएकोले ब्याजदरमा स्थायित्व देखिन थालेको छ । वित्तीय स्थायित्वको अंकुशको रुपमा रहेको कर्जा÷निक्षेप तथा पुँजी अनुपातको सम्बन्धमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिले कर्जा जोखिम नियन्त्रण गर्नुका साथै कर्जा र निक्षेप वृद्धिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने छ । केही सीमित बैंकहरुमा तरलता असहजता देखिए तापनि समग्र वित्तीय प्रणालीमा तरलताको अवस्था सुविधाजनक रहेको छ । आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने छ ।
४. आर्थिक वर्ष २०७४/७५ को पहिलो पाँच महिनामा मुलुकको समग्र शोधनान्तर रु. ९ अर्ब २७ करोडले घाटामा गएको छ । आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा कमी आई चालू खाता घाटा रु. ४१ अर्ब ९५ करोड पुगेकोले समग्र शोधनान्तर घाटामा गएको हो । तथापि देशको वैदेशिक मुद्रा संचिती सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको छ ।
मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 
५. २०७३ मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत रहेकोमा २०७४ मंसिर महिनामा ४.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति केही बढ्नुमा खाद्य तथा पेय पदार्थ समुहको प्रमुख भूमिका रहेको छ । 
खाद्य मुद्रास्फीति 
६. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.६ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्यमा वृद्धि भएकोकारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । 
गैर–खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, स्वास्थ्य, हाउजिङ्ग तथा युटिलिटी लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
८. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, तराईमा ४.३ प्रतिशत र काठमाडौं उपत्यकामा ३.४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा हिमाली क्षेत्र अन्तर्गत रहेको चन्दननाथ बजारकेन्द्रमा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा हिमाली क्षेत्रको मूल्य वृद्धि अधिक रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ३.७ प्रतिशत, पहाडमा ५.६ प्रतिशत, तराईमा ३.७ प्रतिशत र काठमाडौं उपत्यकामा २.५ प्रतिशत रहेको थियो । 
नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
९. २०७४ मंसिर महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत र भारतको ५.२ प्रतिशत रहेकाले यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर १ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ३.८ प्रतिशत र ३.४ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.४ प्रतिशत रहेको थियो । 
थोक मुद्रास्फीति 
१०. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क १.६ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ३.५ प्रतिशत तथा आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ३.५ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.७ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.६ प्रतिशतले घटेको थियो । 
राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
११. समीक्षा अवधिमा वार्षिक बिन्दुगत रुपमा राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ९.५ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ५.१ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत निजी प्रतिष्ठान र बैंक तथा वित्तीय संस्था उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः ३६.१ प्रतिशत, १०.६ प्रतिशतले वृद्धि भएको छ । 
बाह्य क्षेत्र 
वैदेशिक व्यापार
१२. आर्थिक बर्ष २०७४/७५ को पाँच महिनासम्ममा कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भई रु. ३३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ ५.५ प्रतिशत, चीनतर्फ ७८.४ प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, वनस्पती घ्यू, धागो, जिङ्क सिट, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जि.आई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
१३. समीक्षा अवधिमा कुल वस्तु आयात १२.८ प्रतिशतले बढेर रु. ४३१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १३.२ प्रतिशत, चीनबाट भएको आयात १.४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, सुन, एम.एस विलेट, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, विद्युतिय सामान, सेनिटरीवेयर्स, खाने तेल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ ।
१४. भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, बिराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल भन्सार कार्यालय, नेपालगंज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
१५. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढी रु. ३९७ अर्ब ७९ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको थियो । 
निर्यात आयात मूल्य सूचकाङ्क 
१६. आर्थिक वर्ष २०७४/७५ को पाँच महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको र आयात मूल्य सूचकाङ्कमा ४.९ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ५.३ प्रतिशतले ह्रास आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त १२.६ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकाङ्कमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपकोमूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 
सेवा 
१७. समीक्षा अवधिमा कुल सेवा आयमा ३.९ प्रतिशत र कुल सेवा खर्च १७.१ प्रतिशतले बढेको कारण खुद सेवा आय रु. ३ अर्ब ९० करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ३ अर्ब ५९ करोडले बचतमा रहेको थियो ।
१८. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा २९.५ प्रतिशतले वृद्धि भई रु. २९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो बर्ष यस्तो आय ३०.५ प्रतिशतले बढेको थियो । 
विप्रेषण आप्रवाह 
१९. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले ह्रास भई रु. २८५ अर्ब ४८ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले बढेको थियो । फलस्वरुप खुद ट्रान्सफर आय ०.२ प्रतिशतले घटी रु. ३३१ अर्बमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५.२ प्रतिशतले बढेको थियो ।
२०. श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । 
चालू खाता एवम् शोधनान्तर स्थिति 
२१. अघिल्लो वर्षको पाँच महिनामा रु. ३ अर्ब ४९ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा रु. ४१ अर्ब ९५ करोडले घाटामा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको पाँच महिनामा रु. २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ९ अर्ब २७ करोडले घाटामा रहेको छ ।
२२. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ११ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ५ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ६ अर्ब ८४ करोड रहेको थियो । 
विदेशी विनिमय सञ्चिति
२३. २०७४ असार मसान्तको रु. १०७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ मंसिर मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई रु. १०८५ अर्ब ७४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ मंसिर मसान्तमा १.२ प्रतिशतले वृद्धि भई रु. ९३८ अर्ब ७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब २६ करोड रहेकोमा २०७४ मंसिर मसान्तमा ३ प्रतिशतले कमी आई रु. १४७ अर्ब ६८ करोड पुगेको छ । २०७४ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । 
सञ्चिति पर्याप्तता सूचकहरू 
२४. आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.८ महिनाको वस्तु आयात र ११ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.८ प्रतिशत, ९२.१ प्रतिशत र ४०.३ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.३ प्रतिशत र ४१.७ प्रतिशत रहेका थिए । 
कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
२५. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ मंसिर मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ५१.७२ रहेकोमा २०७४ मंसिर मसान्तमा २३.४ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६३.८१ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७३ मंसिर मसान्तमा प्रति आउन्स अमेरिकी डलर ११२६.९५ रहेकोमा २०७४ मंसिर मसान्तमा ११.३ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १२५४.६० पुगेको छ । 
विनिमय दर 
२६. २०७४ असार मसान्तको तुलनामा २०७४ मंसिर मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.२ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ०.९ प्रतिशतले अवमूल्यन भएको थियो । २०७४ मंसिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०२.६५ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो । 
सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 
२७. आर्थिक वर्ष २०७४/७५ को पाँच महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट रु. ४ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. १७ अर्ब ६५ करोड रहेको थियो । 
सरकारी खर्च 
२८. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु. २५६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. १९४ अर्ब ६१ करोड रहेको थियो ।
२९. समीक्षा अवधिमा चालू खर्च रु. २२२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. १६० अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च १९.९ प्रतिशतले बढेर रु. २४ अर्ब ७९ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. २० अर्ब ६७ करोड भएको थियो ।
सरकारी राजस्व 
३०. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन १७ प्रतिशतले वृद्धि भई रु. २४२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ८४ प्रतिशतले वृद्धि भई रु. २०७ अर्ब ६० करोड पुगेको थियो । समीक्षा अवधिमा राजस्व सङ्कलन लक्ष्यभन्दा कम रहेको छ । नेपाल सरकारको राजस्व सङ्कलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग सम्वेदनशील रहदैं आएको छ । 
सरकारको नगद मौज्दात 
३१. स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७४ मंसिर मसान्तसम्ममा सरकारी ढुकुटीमा (स्थानीय तहको खातामा जम्मा भएको रकम रु. ८८ अर्ब २४ करोड समेत) रु. ३४८ अर्ब ९९ करोड नगद मौज्दात कायम रहेको छ । 
मौद्रिक स्थिति 
मुद्राप्रदाय 
३२. आर्थिक वर्ष २०७४/७५ को पाँच महिनामा विस्तृत मुद्राप्रदाय ४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा विस्तृत मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको छ ।
३३. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ९ अर्ब २७ करोड (०.९ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. २८ अर्ब ७८ करोड (३ प्रतिशत) ले बढेको थियो ।
३४. समीक्षा अवधिमा सञ्चित मुद्रा १६.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा सञ्चित मुद्रा २.१ प्रतिशतले घटेको छ । 
कुल आन्तरिक कर्जा 
३५. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा २.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा यस्तो कर्जा १६.२ प्रतिशतले बढेको छ ।
३६. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १०.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७४ मंसिर मसान्तमा १६.३ प्रतिशतले बढेको छ । 
निक्षेप संकलन 
३७. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेकोनिक्षेप ४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.७ प्रतिशतले बढेको छ ।
३८. २०७४ मंसिरमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३६.५ प्रतिशत र ४१.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ४२.९ प्रतिशत र ३१.८ प्रतिशत रहेको थियो ।
३९. २०७४ मंसिरमा बैंक तथा वित्तीय संस्थाहरुको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.०४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४७.४ प्रतिशत रहेको थियो । 
कर्जा प्रवाह 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९.६ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.२ प्रतिशत, विकास बैंकहरुको १२.२ प्रतिशत र वित्त कम्पनीहरुको १.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १६.१ प्रतिशतले बढेको छ ।
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.० प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो ।
४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ४८.९ प्रतिशत (रु.३१ अर्ब ५८ करोड) ले वृद्धि भई रु. ९६ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.९ प्रतिशतले बढेको थियो ।
४३. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ४.७ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा ४.३ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.१ प्रतिशतले बढेको छ । 
तरलता व्यवस्थापन 
४४. आर्थिक वर्ष २०७४/७५ को पाँच महिनासम्ममा यस बैंकले रु. १२७ अर्ब २० करोड तरलता प्रशोचन गरेको छ । यसमध्ये, निक्षेप संकलन बोलकबोल (९० दिने, ३० दिने र १४ दिने) मार्फत रु. ४२ अर्ब ४५ करोड तथा रिभर्स रिपोमार्फत् (टर्नओभरको आधारमा) रु. ८४ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । त्यसैगरी, समीक्षा अवधिमा रिपो बोलकबोलमार्फत् रु. ४४ अर्ब ५ करोड तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ९४ अर्ब २५ करोड तरलता प्रशोचन भएको थियो भने रिपो बोलकबोलमार्फत् रु. १० अर्ब १ करोड तरलता प्रवाह भएको थियो ।
४५. समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाले रु. २० अर्ब ५८ करोड बराबरको स्थायी तरलता सुबिधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. १० अर्ब ५ करोड बराबरको त्यस्तो सुबिधा उपयोग गरेका थिए ।
४६. आर्थिक वर्ष २०७४/७५ को पाँच महिनासम्ममा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ६१ करोड ८४ लाख खुद खरिद गरी रु. १६७ अर्ब १९ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ६३ करोड ८७ लाख खुद खरिद गरी रु. १७५ अर्ब ७७ करोड खुद तरलता प्रवाह गरेको थियो ।
४७. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ७६ करोड र युरो ४ करोड बिक्री गरी रु. १८६ अर्ब ६७ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ५६ करोड र युरो ९ करोड ५० लाख बिक्री गरी रु. १७८ अर्ब ६७ करोड बराबरको भा.रु. खरिद भएको थियो । 
पुनरकर्जा 
४८. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७४ मंसिर मसान्तमा साधारण पुनरकर्जा रु. ८ अर्ब ११ करोड ८९ लाख र निर्यात पुनरकर्जा रु. ७९ करोड ३ लाख गरी कुल रु. ८ अर्ब ९० करोड ९२ लाख पुनरकर्जा लगानीमा रहेको छ ।
४९. भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ मंसिर मसान्तसम्ममा रु. १ अर्ब ३ करोड ६२ लाख पुनरकर्जा उपयोगमा रहेको छ ।
५०. २०७४ असोज मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ५९७४ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत रु. ६ अर्ब ४५ करोड ८१ लाख कर्जा बक्यौता रहेको छ भने रु. ३१ करोड १० लाख ब्याज अनुदान प्रदान गरिएको छ । 
अन्तर–बैंक कारोबार 
५१. आर्थिक वर्ष २०७४/७५ को पाँच महिनामा वाणिज्य बैंकहरूले रु. ४४३ अर्ब ३३ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ७ अर्ब १८ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ४८६ अर्ब ७० करोड र रु. १५१ अर्ब ८८ करोडको यस्तो कारोबार गरेका थिए । 
ब्याजदर 
५२. २०७३ मंसिरमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.३४ प्रतिशत रहेकोमा २०७४ मंसिरमा ५.५१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७३ मंसिरको २.६७ प्रतिशतको तुलनामा २०७४ मंसिरमा ४.८३ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ मंसिरको ६.७८ प्रतिशतको तुलनामा २०७४ मंसिरमा ९.८७ प्रतिशत पुगेको छ । 
मर्जर/प्राप्ति 
५३. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७४ मंसिर मसान्तसम्म कुल १५८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । 
वित्तीय पहुँच 
५४. संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७४ मंसिरसम्म ३३२ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति तालिकामा प्रस्तुत गरिएको छ । 
पूँजी बजार 
५५. नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ०.६ प्रतिशतले ह्रास भई २०७४ मंसिर मसान्तमा १५२०.२ बिन्दुमा झरेको छ । २०७३ मंसिर मसान्तमा उक्त सूचकाङ्क ३६.५ प्रतिशतले वृद्धि भई १५३०.१ बिन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ बिन्दु कायम भएको थियो ।
५६. धितोपत्र बजार पूँंजीकरण वार्षिक बिन्दुगत आधारमा ३.८ प्रतिशतले वृद्धि भई २०७४ मंसिर मसान्तमा रु. १,७६७ अर्ब ५६ करोड कायम भएको छ । बजार पूँजीकरण अनुपात २०७३ मंसिर मसान्तमा ४३.२ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ६८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७५.८ प्रतिशत रहेको थियो। बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको अंश ८१.९ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ५.१ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.५ प्रतिशत, होटलहरूको १.६ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ८.८ प्रतिशत रहेको छ ।
५७. २०७४ मंसिरमा कुल सेयर कारोबार रकममा ४३.५ प्रतिशतले ह्रास आई रु. १० अर्ब ६५ करोड पुगेको छ । २०७३ मंसिरमा यस्तो रकम २१२.७ प्रतिशतले वृद्धि भई रु. १८ अर्ब ८३ करोड पुगेको थियो ।
५८. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ मंसिर मसान्तमा १९४ रहेको छ । २०७३ मंसिर मसान्तमा यस्तो संख्या २२१ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरूको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १४८ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन्भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १७ वटा जलविद्युत् कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् ।
५९. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य वार्षिक बिन्दुगत आधारमा ३३.६ प्रतिशतले वृद्धि भई २०७४ मंसिर मसान्तमा रु. ३०९ अर्ब ३६ करोड पुगेको छ । समीक्षा अवधिमा रु. १ अर्ब ५६ करोड बराबरको साधारण सेयर, रु. २१ अर्ब ८ करोड बराबरको हकप्रद सेयर, रु. २ अर्ब ८३ करोड बराबरको बोनस सेयर र रु. ३५ अर्ब १४ करोड बराबरको सरकारी ऋणपत्र गरी कुल रु. ६० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

Friday, August 11, 2017

Goal Setting Theory of Motivation by Edwin Locke

Goal Setting Theory of Motivation
One of the most effective ways to stay motivated is to set goals for yourself. However, the type and quality of goals you set affects how well they will work.
Imagine you are 30 pounds overweight and want to drop some extra weight. When setting your goal, you have several options. You could say, “I want to lose weight within the next year. I will go on a diet to lose the weight.” This goal is pretty vague and poorly defined; you haven’t specified how much weight you want to lose or what concrete steps you will take to lose it.
Alternatively, you could say, “I want to lose two pounds a week for the next four months. I will exercise for at least 30 minutes, five days per week. I will also change my diet to include three servings of fruits and vegetables as well as whole-grain products. I will also limit myself to eating out just one day per week.” This goal is much more specific and includes actionable steps.
The simple act of setting an effective goal gives you a better chance of realizing that goal. In fact, listed below are several principles crucial to setting effective goals.
Effective goal-setting principles:
  1. Clarity. A clear, measurable goal is more achievable than one that is poorly defined. In other words, be specific! The most effective goals have a specific timeline for completion.
  2. Challenge. The goal must have a decent level of difficulty in order to motivate you to strive toward the goal.
  3. Commitment. Put deliberate effort into meeting this goal. Share your goal with someone else in order to increase your accountability to meet that goal.
  4. Feedback. Set up a method to receive information on your progress toward a goal. If losing 30 pounds in four months turns out to be too hard, it is better to adjust the difficulty of your goal mid-way through the timeline than to give up entirely.
  5. Task complexity. If a goal is especially complex, make sure you give yourself enough time to overcome the learning curve involved in completing the task. In other words, if a goal is really tough, make sure you give yourself some padding to give you the best chance at succeeding.

How do I use this in my life?

Setting a goal is a great way to encourage achievement and stay motivated. However, many of us set goals that are ineffective at pushing us to do our best. When you are helping your youthling with a project or trying to improve an aspect of your daily life, think carefully about the goals you set. Ensure that each goal accounts for some or all of the principles above: clarity, challenge, commitment, and feedback.
Work with your youthling to set goals that are appropriate and achievable given her abilities. Begin by letting her set her own goal. Perhaps she wants to get 100% on her next math test. This goal meets the criteria of being clear, challenging, and is something she has committed to. Talk together about whether that is an attainable goal. If she routinely gets C’s on math assignments, achieving a perfect score might be a poor goal. Next, set a clear action plan for achieving the goal. Consider the complexity of the task and how much time will be needed to be successful.
In the end, her goal might read something like this: “I want to get 100% on my next math test. I will perform 5 algebra problems every night for the next two weeks. My mom will give me feedback on whether I am getting the problems correct and how to fix my mistakes.” This clear, achievable goal provides motivation and a specific plan for receiving feedback. Even if she does not reach 100% on her test, goal-setting theory states that she will perform much better than had she made a non-specific, easy goal.
#copied

Methods of Measuring Job Satisfaction(Customer Survey)

1 . Single Global Rating Method Some organizations use a single global rating of overall job performance to evaluate an employee. While t...